२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटार जग्गाबारे मन्त्रिपरिषदको निर्णय झिकाउन आदेश

अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्ने विभिन्न निर्णय झिकाउने आदेश दिएको छ ।

सरकारले अधिग्रहण गरिसकेको जग्गा व्यक्तिको नाममा फिर्ता दिने २०४७ जेठ १४, जेठ १७, साउन ८ र भदौ ३ गतेको मन्त्रिपरिषदको निर्णय प्रतिलिपिसहित झिकाउन उच्च अदालतले आदेश दिएको हो ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुंगेलको इजलासले प्रधानमन्त्री निवास विस्तार गुरुयोजना अन्तर्गतको विभिन्न कित्ता जग्गा व्यक्तिको नाममा सोध भर्ना स्वरुप उपलब्ध गराउने २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद बैठकको निर्णय झिकाउन आदेश दिँदै मालपोत कार्यालय डिल्लीबजारबाट मोहीलाई सोधभर्ना दिने भनी २०६७ कात्तिक १६ गते भएको निर्णय, उक्त जग्गा गुठी कायम गर्ने गरी गुठी संस्थानबाट २०५२ भदौ ३० गते भएको निर्णय झिकाउन भनेको छ ।

साथै गुठी संस्थानबाट समरजंग कम्पनीका नाममा भएको दर्ता खारेज गरी गुठी कायम गर्ने २०६९ असोज १४ गतेको मन्त्रिपरिषदको निर्णय पनि झिकाउने समेत भनेको छ ।

मन्त्रिपरिषद र मालपोत कार्यालयले गरेको जग्गा व्यक्तिको नाउँमा जाने निर्णय दूषित भन्दै बदर गर्न माग गर्दै अधिवक्ता दीपकराज जोशीले जिल्ला अदालतमा दायर मुद्दा दायर थिए । तर जिल्ला अदालतले विपक्षमा फैसला सुनाएपछि जोशी पुनरावेदन निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए ।