२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. गुरुङ नियुक्त

अ+ अ-

कास्की । गण्डकी प्रदेश सरकारले प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. गणेशमान गुरुङलाई नियुक्त गरेको छ । कुलपतिमा नियुक्त गुरुङले आइतबार पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट शपथ लिएका हुन् ।

स्याङ्जा आँधीखोला गाउँपालिका–१ सिरुबारी स्थायी घर भएका कुलपति गुरुङ संविधानसभाका सदस्यसमेत रहिसकेका छन् । लामो समयदेखि प्राध्यापन क्षेत्रमा आबद्ध उनी विश्वविद्यालय अनुदान आयोगको पूर्वअध्यक्षसमेत छन् ।

कुलपति नियुक्तिका लागि सरकारले सार्वजनिक आवेदन माग गरेकामा ११ जनाले आवेदन दर्ता गराएका थिए ।

सरकारले सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कुलपति सिफारिस समिति गठन गरेको थियो ।

समितिले प्राडा गुरुङसहित प्राडा हेमराज सुवेदी र प्रा.डा. वासुदेव काफ्लेको नाम सरकारसमक्ष सिफारिस गरेकामा गुरुङलाई कुलपतिमा नियुक्त गर्ने निर्णय भएको समितिका सदस्य एवं नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले बजेट कार्यक्रममा नै गण्डकी विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो । जीवनोपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालय विधेयक प्रदेशसभाबाट पारित भई ऐन निर्माण गरिएको छ ।

सरकारले विश्वविद्यालय स्थापनाका लागि तनहुँको बेलचौतारमा जमीन प्रस्ताव गरी उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गरेको छ ।