२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मन चान्सलर र गृहमन्त्रीले हात नमिलाएर दिए कोरोना सङ्क्रमणबाट बच्ने सन्देश

अ+ अ-

बर्लिन् । गृहमन्त्री हर्स्ट सिहोफरले जर्मन चान्सलर एन्जेला मर्केलसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

जर्मनीको राजधानी बर्लिनमा आप्रवासनबारे छलफल गर्न सोमबार आयोजना गरिएको बैठकमा जर्मन चान्सलर एन्जेला मर्केलले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोज्दा सिहोफरले हात मिलाउन अस्वीकार गरेका हुन् र

सिहोफरले चान्सलरसँग रिसाएर वा असन्तुष्टि पोख्न हात नमिलाएका भने होइनन् । उनले विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणबाट बच्न हात मिलाउन अस्वीकार गरेका हुन्।

बैठकअघि नै गृहमन्त्री सिहोफरले कोभिड–१९ को प्रकोपसँगै आफूले हात मिलाउन छोडेको पत्रकारसमक्ष बताएका थिए ।

गृहमन्त्रीले चान्सलरसँग हात मिलाउन नमानेपछि एक छिन् बैठक कक्षमा हाँसो गुञ्जिँदा मर्केलले पनि मुस्कुराउँदै हात मिलाउन नखोज्नु अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिइन् ।

आइतबार मात्रै मर्केलले पनि आफ्नो निर्वाचन क्षेत्रको एउटा कार्यक्रममा हात नमिलाउन आग्रह गरेकी थिइन् ।

जर्मन चान्सलर र गृहमन्त्रीबिचको प्रतिनिधि घटना दृश्यसँगै विश्वका कैयौँ देशले अभिवादन गर्दा हात नमिलाउन आफ्ना नागरिकलाई आग्रह गरिसकेका छन् । जर्मनीले सार्वजनिक रूपमै यस्तो निर्णय नगरे पनि सोमबारको घटनाले जर्मन नागरिकलाई ठुलो सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।