१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात भाँचिएको बालकको मोटरसाइकलमा नेपालगन्ज

अ+ अ-

डोल्पा । देश कोराना भाइरस(कोभिट–१९) कारण लकडाउन भएपछि अन्य रोगका बिरामीको बिचल्ली भएको छ । लडेर हात भाँचिएका एक बालकको मोटरसाइकल रिर्जब गरेर नेपालगन्ज पठाइएको छ ।

जिल्लाको ठुली भेरी नगरपालिका ६ का १३ वर्षीय रोशन बुढाको घोडाबाट लडेर हात भाँचिदा डोल्पामा उपचार नहुने भएपछि थप उपचारको लागि नेपालगन्ज लगिएको हो ।

घोडाबाट लडेका बालकको देब्रे हातको हड्डी नै फुटेकोले जिल्लामा उपचार गर्न नसकिएकोले नेपालगन्ज रेफर गरिएको डाक्टर रमेश रोक्काले जानकारी दिए ।

जिल्ला सदरमुकाममा अलपत्र परेका रोशन र उनका बुबा तुलबहादुर बुढालाई जिल्ला प्रशासनसँग अनुरोध गरी मोटर साइकललाई २५ हजार तिरेर नेपालगन्ज पठाएको स्थानीय शुशिलकुमार बुढाले बताए ।

उनले भने ‘स्थानीय केशव बुढा, हिमाल रोकाया र प्रेमप्रकाश बुढाको सहयोगमा बालकलाई खर्च व्यवस्थापन गरेर नेपालगन्ज पठायौँ’

लकडाउनको कारण पूर्णरुपमा बन्द भएको बेलामा बालकको हात बिग्रनु भन्दा अनुरोध गरेर पठाएको बुढाले बताए । अस्पतालको रेफर कागज सहित रोशनका बुवा र रोशनलाई बाइकमा नेपालगन्ज पठाउन जिल्ला प्रशासन र प्रहरीले निकै ठुलो सहयोग गरेको भन्दै धन्यवाद समेत टोलीले व्यक्त गरेको छ ।

मन्त्री देखी सांसदसम्मलाई अनुरोध गरे पनि नेपालगन्ज लान सक्दैनौ भनेर जवाफ दिएपछि निराश भएका तुलबहादुरलाई युवाहरूले प्रशासनको पहलमा सहर पठाउन सहयोग गरेको भन्दै तुलबहादुरले हर्षका आँसु बगाए ।

बालकको हातको हड्डी फुटेर समयमा उपचार नगरे क्यान्सर हुने खतरा बढेकोसमेत चिकित्सकको भनाइ छ । समयमा उपचार गर्नू नै राम्रो भनेर चिकित्सकले सल्लाह दिएका छन् ।

लकडाउन भएपछि डोल्पामा जटिल बिरामी भएमा बाहिर लानु परे कुनै पनि विकल्प छैन । कर्णाली प्रदेश सरकारले डोल्पालाई बेवास्ता गरेको भन्दै नागरिकहरू आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस