१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गममा नवागन्तुकलाई पस्न पूर्ण रोक

अ+ अ-

सुर्खेत । कोभिड–१९० संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् । जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् । गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला ८ का वडाध्यक्ष सन्तविर रावतले  जानकारी दिए ।

‘यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौंँ”, वडाध्यक्ष रावतले भने, “प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौंँ ।’ गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभाकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ ।

उनका अनुसार गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालो पनि राखिएको छ । नियम तोडे कारवाही पनि गरिने छ । लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए ।

यसपालि माइती गएनौंँ

कोरोना भाइरसको जोखिमबाट बच्न वर्षेनी चैतेदशमौँ माइत जाने यहाँका छोरीचेलीसमेत यसपालि माइती गएनन् । तिला ८ जुम्लाकोटकी कमला बुढाले यस वर्षको चैते दशैंँमा माइती नगएको बताए । बुढाले भने, ‘सरकारले घरमै बस भनेको छ । बाहिर जाँदा जीवन लिने कोरोना सर्छ भनेकोले यस पालिको चैतेदशैंँ माइती नजाने निधो गरेका हौं ।’

ही वडाकी हरिकला विकले पनि प्रत्येक वर्ष चैतेदशैंँमा माइत जाने र विश्वाँ (चैत्र २०) पर्व मनाउने धोको यस वर्ष पूरा नभएको बताए । विकले भने, ‘पहिलो हामी सबैको जीवन सुरक्षित हुनुपर्‍यो । सबै बाँच्नु पर्‍यो । बाँचेपछि माइती, आफन्त र साथीसंगिनी भेट्ने दिन आउलान् त ?’ गाउँ नजीक अस्पताल नै नभएकाले कसैगरी कोरोनाले छोयो भने के गर्ने होला भनेर चिन्ताले पिरोलेको उनको भनाइ थियो ।

कोरोनाबारे दुर्गम गाउँका नागरिकलाई अधिकतम सचेतना दिन गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा नेतृत्वको स्वास्थ्य, सुरक्षा तथा सञ्चारकर्मी पत्रकारको टोली त्यहाँ पुगेको छ । पालिकाभरिका नौवटै वडाका गाउँमा पुगेर कोरोनाबारे सचेतना जगाउने र नागरिकलाई कोही कसैसँग घुलमेल नगरी घरमै बस्न गर्न आग्रह गर्ने हेतुले गाउँमा पुगेको उपाध्यक्ष बुढाले बताए ।

लकडाउनपूर्व नै भारतबाट आएका बाहेक दुईजना तेस्रो मुलुकबाट र १२ जना भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस