२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष नहुने भयो गैँडा गणना

अ+ अ-

चितवन । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ ।
यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाका लागि चैत उपयुक्त महिना हो । फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ ।

अघिल्लो गणना वैशाख १० गते सकिँदा हात्तीहरुले दुःख दिएको स्मरण गर्दै उहाँले यस वर्षको गणनाको सम्भावना भने टरेको बताए।

चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैंडा गणना गरिने कार्यक्रम थियो । चितवनमा गैंडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक साता देखि १० दिनसम्म लाग्छ ।

विगत वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गणनाका लागि विभागले रु १ करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो । गत वर्षको गैंडा गणना बजेटाभावका कारण रोकिएको थियो ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान छ ।

सन् २०१५ को गणनापछि चोरीशिकारीबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम भने बढ्दै गइरहेको छ । गणना नहुने भएपछि निकुञ्जमा गैंडाको परिचय राख्ने गरी काम गरिँदै छ । प्रत्यक्ष रुपमा गैंडाको अवलोकन गरी उचाइ, लम्बाइ, कान, पुछर के कस्तो छ भनी जानकारी लिएर नामकरण समेत गरिनेछ । यसबाट गैंडाको बाहिर हेरेर थाहा हुने स्वस्थ्य अवस्था (घाउ, चोट) आदि पत्ता लाग्न सहज हुनेछ । एक सिङ्गे गैँडामा नेपाल विश्वकै दोस्रो मानिन्छ ।