रौतहट । रौतहटमा एक युवकको निर्घात कुटपितट गरी हत्या गरिएको छ । कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षियसञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।
निर्घात कुटपिट पछि घाइत यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राति १० बजेतिर आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले बोलाएर लगेका र केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई एम्बुलेन्समार्फत उपचारको लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
उनको टाउको छातीलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेको थियो ।
घटनामा संलग्न भएको आरोपमा राधे दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।







