२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमा भिडियो कल सम्बन्धी नयाँ सेवा

अ+ अ-

नयाँदिल्ली । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ ।

अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।

सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ ।

म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ ।

सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ ।

भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ ।

फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ ।

फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ । रासस÷एएनआई