२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिथौरागढबाट हिँडेर जुम्ला !

अ+ अ-

जुम्ला । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् ।

हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौँरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार ती युवा भारतको पिथौँरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर यहाँ आएको थिए । उनीहरु सीमापारि २१ दिन क्वारेन्टाइनमा बसेर फर्केका हुन् । उनीहरुलाई अहिले गाउँपालिका–२ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । वडाध्यक्ष नैनसिंह रोकायले भने, ‘भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरुलाई क्वारेन्टाइनमा राखेका छौँ, पुनः क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेका छौँ ।’ बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थान गरी क्वारेन्टाइनमा राखेको छ ।

लकडाउन अवधिमा यहाँ १० हजार ७६५ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २३० जना बसेका छन् भने ८८० जना १४ दिनपछि घर फर्केको शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । शुक्रबारसम्म ३७३ को पिसीआर र २५४ जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । रासस