२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ जिल्लाका सिडिओ फेरिए

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।

मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।

पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।

त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।

केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।

सम्बन्धित समाचार : ५ जिल्लाका सिडिओको सरुवा

देशव्यापी कोरोना सङ्क्रमणको कहर चलिरहँदा गरिएको जिल्ला प्रमुखको फेरबदललाई विभिन्न रूपमा हेरिएको छ । कतिपयले यसलाई कार्यक्षमतासँग जोडेका छन् भने कतिपयले सिडिओ बन्न इच्छा जाहेर गरेपछि गरिएको फेरबदलका रूपमा लिएका छन् तर मन्त्रालयले यसलाई नियमित प्रक्रिया भनेको छ । यसअघि नै हुनुपर्ने भए पनि लकडाउनका कारण केही ढिलाइ हुन गएकोले अहिले गरिएको गृहका एक अधिकारीले बताए ।