१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्रालयद्वारा गृहलाई आग्रह

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रहसमेत गरेको बताए ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी बन्दाबन्दीका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेको उल्लेख गर्दै उनले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेका छन्।

अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभइ उनीहरुको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गइ खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ उहाँले सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस