२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समय र समृद्धि

अ+ अ-

प्रकृतिका दिव्य कला
वसन्तमय प्रतिध्वनित लवजसँग
रोमाञ्चित भई
धरती पुलकित भइरहेको थियो
अदृष्ट कोरोना विषाणुले
त्यही समय
सङ्क्रमणको कुरूप नृत्य थाल्यो ।
महाविपत्तिको लीलासँगै
अविच्छिन्न
नयाँ अवसरहरूको चुनौती
अपूर्व चुलिँदो छ
तथापि विनाशक विषाणुले
कैयन् जिन्दगीको सासमा विराम लगाउन छोडेको छैन
जीवनमय नदी किनारमा
असङ्ख्य मान्छेका लासको
अन्त्येष्टि भइरहेका
असामयिक दृश्यले
विनाशमय जगत्
र असन्तुलित शैलीको
तिक्त मिश्रण प्रतीत गराइरहेछ ।
शान्ति र सुखको गीत गाउने
बुद्धिमान मानिसहरू
वेदनाको पुञ्ज लिएर
घरभित्रै
आत्मकैदमा रहन अभिशप्त छन्
प्रार्थनाका शब्द मन्त्रणा गर्दै ।

विवेक
र, श्रमका थोपालाई
धुनहीन बनाउँदै
विद्रुप कैदमा राखिदिने दुष्ट कोरोना
अगणित आविष्कारलाई धारेहात लाउँदै
गतिमान् सभ्यतालाई
सन्त्रस्त पारिरहेछ ।

अमान्छेजस्तै भएर मान्छे
प्रकृतिको निर्मम दोहनमा
अभ्यस्त रहेको समयमा
विपत्तिको अनुमान
हुँदै नभएको होइन

प्राकृतिक लयको महत्तालाई
कम आँक्ने गरी
आफ्नै घमण्डलाई
शिखरमा चढाइरहेका बेला
प्रलयको पूर्वानुमान नभएको त झन् हुँदै होइन

दानवीयताले
मानवतालाई लछारिरहेको
लम्बेतान् सिलसिलाको शृङ्खलामा
दु:खको साङ्लोले बाँधेर
नियतिले
विविधताको जगतलाई
पीडाको सङ्गीतसँग जोडिदिएको छ
बिग्रिएको प्राकृतिक सम्बन्ध
र, विश्व ग्रामको प्राचीन दर्शनलाई
पुनर्परिभाषित गर्दै
मानवताको शंखघोष गर्न
आशाको पुनर्जागरण जगाउने
विम्ब बन्दै कोरोना
ज्ञानको संकथनमा सिर्जित
नयाँ पालुवाहरू चियाउँदै
नयाँ क्रान्तिचेतको बीजांकुरण गरिररहेछ
सङ्कटमय समयमा
संयमका हात बढाउँदै
नव युगको साझा सङ्कल्प गरौँ
सभ्यता-समृद्धिको कामना गरौँ ।

शाखा अधिकृत, विशेष सरकारी वकिल कार्यालय, काठमाडौँ ।
[email protected]