२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा छुट्टै महिला क्वारेन्टिन

अ+ अ-

चिप्लेढुङ्गा । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।

लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नं ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले उक्त अस्पताल निरीक्षण गरेका थिए। क्वारेन्टिन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि श्यया तयार गर्न निर्देशन दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिए । उनले भने, “भारतबाट आठ महिला पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुलाई राख्नुपर्छ ।” महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टिन बनाइने उनको भनाइ थियो ।

उनका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ ।