२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानीको इन्जिनियरको तीन करोड अवैध, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले तीन करोडभन्दा बढी गैर कानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।

२०६३ पुस ५ गते सरकारी सेवामा प्रवेश गरेका उपाध्यायले करिब १४ वर्षे जागिर अवधिमा तीन करोड १० लाख २७ हजार एक सय ५३ रुपैयाँ गैर कानुनी आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो।

उपाध्यायले गैर कानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सामुदायिक खानेपानी तथा सरसफाइ इकाई कार्यालय डडेलधुरामा २०६३ पुस ५ मा राजपत्राङ्कित तृतीय श्रेणी(इन्जिनियर)मा स्थायी नियुक्ति पाएका उपाध्याय २०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए । सुरु नियुक्ति लिएदेखि २०७७ जेठ मसान्तसम्म उपाध्यायले पाँच करोड एक लाख ४३ हजार चार सय ५१ रुपैयाँ आर्जन गरेको खुलेको छ।

जस मध्ये एक करोड ९१ लाख १६ हजार दुई सय ९८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ। उपाध्याय विरुद्ध अख्तियारले मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।