२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान

अ+ अ-

विराटनगर । आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण वितरण गरिएको हो ।

माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एकरएक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान गरिएको छ ।

यसैगरी धानजोनसँग आबद्ध किसानले प्रयोग गर्ने गरी रु ८० लाख मूल्य बराबरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईवटा ट्र्याक्टर, दुई ट्रली, दुई रोटामेटर, दुई कल्टिमेटर र दुई केजबिल वितरण गरिएको छ । एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र बोरामा प्याक गर्ने परियोजना एकाइ कार्यालयका प्रमुख विनोदकुमार मण्डलले बताए।

हार्वेष्टरलगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्नेछन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो । रासस