२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन

अ+ अ-

झिमरुक । प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ ।

विगत दुई वर्षदेखि प्युठान नगरपालिका-१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो ।

जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताए ।

जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उनको भनाइ छ । ‘कागज उत्पादनमा प्रयोग हुने लोक्ता प्युठानकै सङ्कलन गर्ने गरेको छु’, उनले भने,’कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।’

प्रदेशका सबै जिल्लामा निर्यात हुने नेपाली कागज काठमाडौँमा रहेको नेपालकै प्रख्यात उद्यमी अञ्जना ताम्राकारमार्फत अमेरिकासम्म निर्यात हुने गरेको उद्योग सञ्चालक कुँवरले बताए । उत्पादित कागजको बजारीकरणका लागि कुनै समस्या नरहेको बताए ।

अड्डा अदालत, सरकारी कामकाजलगायत सरकारी कार्यालयमा हुने लिखतहरु तयार गर्नका लागि नेपाली कागज बढी प्रयोग गरिन्छ । उद्योगबाट दैनिक एक हजार पाना उत्पादन हुने गरेको छ ।

उद्योग सञ्चालनको पहिलो वर्ष रु २५ लाख, अघिल्लो आर्थिक वर्षमा रु ४० लाख कारोवार भएको बताउँदै उनले आगामी आर्थिक वर्षमा रु एक करोडको कारोेवार गर्ने लक्ष्य लिएको बताए ।

उक्त उद्योगमा पहिलो चरणमा झण्डै रु १० लाख लगानीमा सञ्चालन गरिएको र अहिलेसम्म रु २५ लाख बराबरको लगानी पुगेको सञ्चालक कुँवरले बताए । ‘अब केही दिनमै उद्योगमा लगानी थप्ने योजना छ’, उनले भने, ‘२५ लाख थपेर ५० लाख पुर्‍याउने योजना छ ।’

उद्योग स्थापनाका लागि डिभिजन वन कार्यालय प्युठानबाट रु दुई लाख ८५ हजार, घरेलु तथा साना उद्योग विकास समिति प्युठान र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु ६०/६० हजार अनुदान पाएको उनले बताए ।

नेपाली कागजका लागि आवश्यक पर्ने कच्चा पदार्थ लोक्ता जिल्लाको उत्तरी क्षेत्रका विभिन्न ठाउँबाट सङ्लकन गरिएको छ भने खर कपिलवस्तुको धानखोलाबाट आयात गर्ने गरेको उनले जानकारी दिए ।