२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषधबाट जोडेको घरजग्गासहितको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । लागु औषध चरेसबाट गैर कानुनी सम्पत्ति आर्जन गर्ने देवेन्द्र विक्रम रोक्का छपालीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय अपराध(सम्पत्ति शुद्धीकरण) मुद्दा दर्ता गरेको छ ।

विभागले देवेन्द्रविरुद्ध एक करोड पाँच लाख बहत्तर हजार पाँच सय पचपन्न रुपैयाँ उनान्नब्बे पैसा बिगो र अडाइ तले घर तथा जग्गामा बनेका टहराहरू, वा २ च ६१७० नं.को टाटा मोबाइल गाडी, र उनका विभिन्न बैङ्कमा हाल रोक्का रहेको मौज्दात ६४ लाख ६९ हजार ७८४ रुपैयाँ जफत हुन मागदावी सहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

२०३८ सालमा चरेस र २०४२ सालमा व्राउन सुगर र चरेस मुद्दा खेपेका देवेन्द्रले नागेन्द्र थापा मगर, गोविन्द कुमार रोका छन्त्याल, मनजित घर्ती मगर, जम्ब भोटे, माईला असेङ भन्ने इन्द्र बहादुर थिङ्ग समेतको सहयोगमा सम्पत्तिको गैर कानुनी स्रोत प्राप्त गरी सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य अनुसन्धानका क्रममा पुष्टि भएको विभागले जनाएको छ ।

देवेन्द्रको कृषि विकास बैङ्क समेतका १३ वटा बैङ्कमा खाता रहेको र कतिपय बैङ्कहरूमा निजकै ३ वटा सम्म खाता खोली कारोबार गरेको देखिएको छ । विभागका अनुसार खाताहरूमा पटक पटक रकम राख्ने, झिक्ने गर्नुका साथै २०६४ साल पश्चात् ५ करोड ५२ लाख ३५ हजार २७८ रुपैयाँ कारोबार रहेको अनुसन्धानबाट खुलेको छ । उक्त बैङ्कहरूमा व्याजसमेत गरी जम्मा ६४ लाख ६६ हजार ७८४ रुपैयाँ मौज्दात देखिएकोले उनले वैधानिक श्रोतबाट प्राप्त गरेको भन्ने कहीँ कतैबाट नखुली लागु औषधको अवैध कारोबार बाट आर्जन गरेको देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार देवेन्द्र र उनकी श्रीमती चन्द्रा रोकाको नाउँमा विभिन्न स्थानहरूमा मूल्यवान् जग्गा, घर, सवारी साधन, घर कोठाबाट नगद लगायत विभिन्न १३ वटा बैङ्कहरूमा नगद, जापान तथा हङकङ समेतको विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको देखिएको छ ।