७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमा बोर्डका पदाधिकारीद्वारा शपथ

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन् । बोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासहित सदस्यहरु डा तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराएका हुन् ।

उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पुर्‍याउनुपर्ने बताए । उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले चाँडै नै बीमा योजना पारित गरेर कार्यन्वयनतर्फ लैजाने उल्लेख गरे ।

नवनियुक्त कार्यकारी निर्देशक डा.बसौलाले बीमा कार्यक्रम नपुगेका जिल्लामा यसै आर्थिक वर्षमा पुर्‍याउने बताए । उनले जनचेतनाको अभावले मानिसहरु अझै पनि बीमा नगराएकाले सबै स्थानीय तहमार्फत बीमा गराउनका लागि जनचेतना फैलाउने जानकारी गराए ।

मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ । पाँच जना सदस्य भएका परिवारले वार्षिक रु तीन हजार ५०० को बीमा गरे वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस