१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद विघटनको विरोधमा अनेरास्ववियूको बयलगाडा प्रदर्शन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा आज नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले देशका विभिन्न स्थानमा बयलगाडासहित जुलुस निकालिएको छ ।

ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा दाहाल-नेपाल समूहको अनेरास्ववियू निकट जिल्ला कमिटीले काठमाडौँ, ललितपुर,थापाथली, माइतिघर र उपत्यका बाहिर पनि धनगढी, विराटनगर लगायत ठाउँहरुमा प्रदर्शन गरेका छन्

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदम सच्याउन माग गर्दै उनीहरुले व्यंग्यत्मक शैलीमा बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन गरेका हुन् ।

काठमाडौँको थापाथलीमा बयलगाडाको सांकेतिक प्रदर्शन गरिए पनि कैलालीसहित तराई मधेसका जिल्लाहरुमा भने गोरु र राँगाले तानेको वास्तविक बयलगाडा नै सडकमा निकालिएको थियो । त्यसमा ‘जाउँ है अमेरिका’ लेखिएको थियो ।

धनगढीको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूको माग छ । तत्काल संसद् पुनर्स्थापित नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियूले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस