काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर पश्चाताप गर्न सुझाव दिएका छन्।
सत्तारुढ नेकपाका असन्तुष्ट समूहको शक्ति प्रदर्शन सभामा बोल्दै प्रचण्डले भने, ‘तपाईसँग अझैपनि सानो ठाउँ छ। राजीनामा दिएर पश्चाताप गर्नुस्।’
केपी ओली जनताको शरण छाडेर भगवानको शरणमा पुगेको भन्दै प्रचण्डले भने, ‘हाम्रो भगवान जनता हुन्। हामी तपाईहरुको शरणमा छौँ।’
दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले काइते कुरा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र दाहाल-नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गरिरहेका छन्।
तर आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता दिएको छैन। प्रधानमन्त्री ओली मंगलबार आयोग पुगेर आफू नेतृत्वको पार्टी नै नेकपा भएको बताएका थिए। उक्त अभिव्यक्तिप्रति आज प्रचण्डले आज काठमाडौँमा आयोजित विरोध सभाबाट भने, ‘निर्वाचन आयोग काइते कुरा नगर। खुट्टा नकमाऊ।’
संवैधानिक निकायमा बसेकाहरूले गल्ती गरेमा जनताले दुस्ख पाउने प्रचण्डको भनाइ थियो।