२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

अ+ अ-

काठमाडौँ । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र ३६ हजार फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वल्र्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका छन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए । ‘संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,’ उनले भने ।

शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरुले धेरै क्षेत्रमा वल्र्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो ।

गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए । सोही अवसरमा वल्र्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।