२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मान्छे मारेर फरार रहेका अभियुक्तलाई २० वर्षपछि पक्राउ गरी जेल चलान

अ+ अ-

राजविराज । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साबिक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । सप्तरीको साबिक मौवाहा गाविस–६ (हाल बलानबिहुल गाउँपालिका–३) बस्ने तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए । पिसाब फेर्न भनी सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी तेली भन्ने धनिलाल साहसहितकाले घेरा हाली खुकुरी तथा लाठीसमेतको प्रहारबाट दशरथ साहलाई कर्तव्य गरी मारेको प्रहरीको भनाइ छ ।

त्यसपछि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सप्तरी जिल्ला अदालतबाट विसं २०६५ चैत ११ गते, तत्कालीन पुनरावेदन अदालत राजविराजबाट २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ मङ्सिर १ गतेको फैसलाले प्रतिवादी लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई २० वर्ष कैद ठहर भएको थियो ।