काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ९ सयले बढेको छ ।
बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेको हो ।
नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।