१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमानाकामा हुने आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढ्दै

अ+ अ-

लहान । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ ।

भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् । ‘भारतीय बजार जाने आउने क्रम चल्दै छ’, लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, ‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेको छ ।’ जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको देखिदैन्, उनले भने ।

‘भारतको बिहारमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ’, लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भने, ‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिरहामा स्वास्थ्य सुरक्षा साबधानी अपनाइएको देखिदैन्, फलस्वरुप कुनै पनि बेला कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।’

एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् ।

भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ ।

सिरहा बरियारपट्टीका स्थानीयवासी मुकेश यादवले भने, ‘सरकारले एकातिर सीमानाका बन्द गर्ने बताइरहेको छ भने अर्कोतिर भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढेको छ ।’ खुल्ला सीमानाकाका कारण हुलका हुल मानिसहरु सीमावर्ती भारतीय बजार लदनियाँमा जाने आउने गरिरहेकाले सङ्क्रमणको जोखिम बढ्को तर स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीहरुको गुनासो छ । यसका साथै दैनिक लाग्ने हाटबजारमा पनि सर्वसाधारणको चहल पहल ह्वातै बढेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जिल्लामा कोरोना सङ्क्रमण फैलिन नदिन सुरक्षा सतर्कता बढाइएको बताए । सिरहा प्रबेश गर्ने नाकाहरुमा सुरक्षा निगरानी बढाउनुका साथै सीमानाकामा हेल्थ डेस्क राखिएको उनले जानकारी दिए ।

उनले भने, ‘सीमा नाकामा हुने आवतजावतमा कडाइ गरेका छौं, हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र जान दिएका छौं, अब लुकीछिपी चोर बाटो भएर आइरहेको छ भन्ने त्यसलाई पनि रोक्ने प्रयास गर्छौ ।’ विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले यसप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस