२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दम्पति हत्या आरोपित सात वर्षपछि पक्राउ

अ+ अ-

सप्तरी । प्तरीमा व्यापारी दम्पतिको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतिको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

श्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरी जिल्लाको श्रीपुर गाविस–८ का ४० वर्षीय मो हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ । सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली र गरगहनासहित पक्राउ परेका कैजुम र हैदरलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

यसैगरी सुनसरी हरीपुर गाविस–७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर गाविस–३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११÷११ वर्ष कैद फैसला भएको छ । सुनसरी नरसिंह गाविस–९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

आज पक्राउ परेका मण्डल र सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवी राखिएको छ । सलिम अझै पक्राउ परेका छैनन् ।

आरोपितहरूले २०७१ जेठ २१ गते राती हनुमाननगर बजारस्थित पसलसँगै रहेको घरमा वेगवानी दम्पतिको हत्या गरेका थिए । लाशको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७१ जेठ २३ गते पोष्टमार्टम भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो ।

आरोपितहरूबाट गरगहना किन्ने सुनसरी ईनरुवा नपा–१ घर भई लौकही गाविस–६ मा सुनचाँदीको पसल गर्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ । रुपनी गाउँपालिका–१ बाट २०७१ असार ४ गते पक्राउ स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद १० लाख धरौटी बुझाई रिहा भएका थिए ।