१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी तुल्याइने छ : मन्त्री बानियाँ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री मोहन बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताएका छन् ।

काठमाडौँमा उपलब्ध कर्णाली प्रदेशका निजामति र सार्वजनिक सेवामा रहेका अधिकृतसँगको परिचयात्मक कार्यक्रममा उनले सुशासन, सुपरीवेक्षण र सुसमन्वयमा कार्यालयको ध्यान केन्द्रित हुने बताए ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत ४८ वटा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यी प्रमुख विषयमा नतिजामूलक तवरले कार्य सम्पादन गर्ने आफ्नो प्रयास रहने बताए । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनालगायत अन्य परियोजनाको निर्माण तथा कार्यान्वयनमा पनि विशेष ध्यान दिइनेछ ।’ नेपाल सरकारका विभिन्न मन्त्रालयसँगको समन्वयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ प्रयास केन्द्रित गरिने उनको भनाइ थियो । सो परिचयात्मक कार्यक्रममा सहभागी राष्ट्र सेवकले नवनियुक्त मन्त्री बानियाँलाई विभिन्न रचनात्मक सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस