११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि नयाँ शैक्षिक सत्र, नयाँ पाठ्यपुस्तककाे व्यवस्था

अ+ अ-

काठमाडौँ । आजदेखि देशभरका विद्यालय तहको नयाँ शैक्षिसत्र सुरु भएको छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन गरी कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र सुरु भएको हो ।

कोरोना महामारीबाट सिर्जित समस्याका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नसकिए पनि नयाँ कक्षा भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइका लागि सहजीकरणको बाटो खुलेको हो । विद्यालयले विद्यार्थीहरूको नयाँ भर्ना अभिलेखीकरण अनलाइन, टेलिफोन वा अन्य कुनै माध्यमबाट गर्ने छ ।

विद्यालयले आजदेखि असार १५ सम्म विद्यार्थीको भर्ना कार्यक्रम पूरा गरेर विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने छ । विद्यार्थीको भर्ना कार्यक्रम पछि(१५ गतेपछि) वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिइने छ ।

सरकारले यसअघि नै जेठभित्र सबै कार्य पुरा गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले साही अनुसार तयारी गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको थियो ।

कोरोना महामारको अवस्था सामान्य नभएसम्म विद्यार्थीको वैकल्पिक सिकाइ सहजीकरण कार्य जारी रहने सरकारले जनाएको छ । अवस्था समान्य भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा लिन सूचना निकालिने छ ।

सिकाइ सहजीकरण अनलाइन, रेडियो, टेलिभिजनलगायतका वैकल्पिक माध्यमबाट गरिने अथवा विद्यालयले आफ्नो अवस्था अनुसार विद्यार्थीको सिकाइ सहजीकरण गर्नेछ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्नुपर्ने भएकाले शिक्षकले आफ्नो विद्यार्थी र विद्यालयको सम्पर्कमा रहनुपर्ने छ ।

यसैगरी कक्षा ११ को पठनपाठन भने भदौ ११ देखि सुरु हुने छ । कक्षा १० नतिजा साउन दोस्रो साता प्रकाशित गरी भदौबाट नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

यस्तै यस शैक्षिक सत्रबाट विद्यालय तहका २, ३, ६ र १२ गरी चार वटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक अध्ययन गर्ने छन् । पाठ्यपुस्तक छपाई कार्य पूरा गरी केन्द्रका एक हजार दुई सय बिक्रेताबाट विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने कार्य जारी रहेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस