१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशसभाको बैठक : बजेटमाथि छलफल जारी

अ+ अ-

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमाथि छलफल प्रारम्भ भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैठकमा राजश्व आय–व्ययको वार्षिक बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी १२ जना प्रदेशसभाका सदस्यहरूले बजेटमाथि आ–आफ्ना धारणा राखे । सत्तापक्षका सदस्यले सरकारद्वारा प्रस्तुत सात प्राथमिकतामा तोकिएको बजेट स्वागतयोग्य रहेको भए पनि बाढीपहिरो प्रभावलाई कम गर्न थप बजेट विनियोजित गर्नुपर्ने सुझाव दिए । उनीहरूले केही दिनदेखिको बाढीपहिरोको प्रभावबाट सिन्धुपाल्चोक, चितवन, सिन्धुलीलगायत अन्य जिल्लामा भएको धनजनको क्षतिलाई मध्यनजर गरी प्रदेश सरकारले तत्काल जोखिम बस्तीलाई अन्यन्त्र स्थान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन माग गरे।

उनीहरूले बजेटमा उल्लेखित विभिन्न प्राथमिकतामा तोकिएको भए पनि प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादनको लागि उन्नत बिउ, मलखाद्य समयभित्रै उपलब्ध गराउन प्रदेश सरकारले छुट्टै गृहकार्य गरेर सम्बन्धित निकायलाई ती सामग्री कृषकलाई उपलब्ध गराउन आग्रह गरे । प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको छनोट गर्दा स्थानीय भौगोलिक अवस्थालाई पनि ध्यान पु¥याउनुपर्ने र पर्यटन क्षेत्रको विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव वक्ताहरूको थियो ।

त्यस्तै प्रतिपक्ष दलका सदस्यले प्रदेश सरकारद्वारा प्रस्तुत वार्षिक कार्यक्रम चुनावी प्रचारमुखी भएको उल्लेख गर्दै वास्तविक गरिबीको रेखामुनी रहेका जनतालाई आयआर्जन गर्ने र उनीहरूका छोराछोरीलाई प्रत्यक्ष रोजगारीको अवसरबाट बञ्चित गरिएको भन्दै सच्याउनुपर्नेमा जोड दिए । निषेधाज्ञाका कारणबाट निजी यातायात व्यवसायले सवारीसाधन सञ्चालन गर्न नपाएको अवस्थामा सरकारले यथाशीघ्र कर असुली गर्ने भन्ने प्रावधान अब हटाउनुपर्ने र यातायात सञ्चालन भएको अवस्थामा मात्रै कर असुली गर्न आग्रह गरे ।

उक्त बैठकमा सत्तापक्षका प्रदेश सदस्यहरू सीता लामा, लोकनाथ दाहाल, इन्द्रमाया गुरुङ, सरस्वती बाटी, विजय सुवेदी, केशवप्रसाद खनाल र कृष्णप्रसाद भूर्तेलले आफ्ना धारणा राखे । यसैगरी प्रतिपक्षको तर्फबाट बुद्धिमान माझी, निमा लामा, प्रभात तामाङ, सृजना सैंजु र विराजभक्त श्रेष्ठले भाग लिए । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक शुक्रबार दिनको १२ बजे बस्नेगरी स्थगन गरे ।

प्रतिक्रिया दिनुहोस