८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलुखुम्बुमा प्रमुख पद दाबी गर्ने एक्ली महिला

women
अ+ अ-

सोलुखुम्बु । एक नगरपालिका र सात गाउँपालिका रहेको सोलुखुम्बुमा स्थानीय तहको प्रमुख पद दाबी गर्ने सरला नाछिरिङ एकमात्र महिला भएकी छन् ।

स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा एक महिला अनिवार्य गरिएको भए पनि नेपाली काँग्रेसकी सरला नाछिरिङ प्रमुख पद दाबी गर्ने महिला बनेकी छन् । तथापि सोताङ गाउँपालिकाबाट प्रमुखको दाबी गर्ने उनलाई पनि प्रमुख पदको उम्मेदवार बनाउने÷नबनाउने टुङ्गो छैन । सो क्षेत्रमा काँग्रेसका पुरुष दाबेदारहरु सशक्त भएकाले उनको पनि उम्मेदवार बन्ने सम्भावना कम रहेको बताइन्छ ।

महिलालाई प्रमुख पदमै उम्मेदवार बनाउने इच्छा पार्टीको भए पनि दाबी नै नआउँदा समस्या भएको नेकपा एमाले, सोलुखुम्बुका अध्यक्ष मानवीर राई बताउँछन् । उनी भन्छन्– “गाउँ कमिटीबाटै सिफारिस भएर आउनुपर्छ । गाउँमै दाबी गर्ने छैनन् । अझै पनि महिला उम्मेदवार खोज्ने पहल भइरहेको छ तर प्रमुखजस्तो पद दाबी नभई खोजेर राख्न पनि मिल्दैन ।”

स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा एक महिला अनिवार्य गरिएको भए पनि नेपाली काँग्रेसकी सरला नाछिरिङ प्रमुख पद दाबी गर्ने महिला बनेकी छन् ।

एमाले जस्तै माओवादी केन्द्रमा पनि प्रमुख पदमा दाबी नै नभएको बताइन्छ । काँग्रेसमा पनि हालसम्म दाबी एकजनाको मात्र आएको काँग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत बताउँछन् । उनी भन्छन्– “हालसम्म प्रमुखमा सरलाजीको मात्र दाबी आएको छ, उहाँको पक्षमा दल गम्भीर छ । तथापि अन्य दलको उम्मेदवारअनुसार आफूहरुले पनि अघि सार्नुपर्ने भएकाले प्रतिस्पर्धा गर्न सक्ने नै अघि सार्नुपर्ने बाध्यता छ ।”

जिल्लाका आठवटा स्थानीय तहको प्रमुख पदमा महिलाको दाबी नै नआउनु यसअघि दलहरुले महिलालाई दलको कार्यकारी पदमा नराखेका कारण उनीहरुको क्षमता विकास नभएको र पुरुषसँग प्रतिस्पर्धा गर्न डराएको काँग्रेसकी नेतृ टङ्कीमाया बस्नेत बताउँछिन् ।

एमालेकी नेतृ कल्पना राई भने दलले नै महिलाको नाम उपप्रमुखमा मात्र चर्चा गरेका कारण आखिर प्रमुख पदमा टिकट दिँदैनन् भन्ने यकिन भएरै दाबी नभएको बताउँछिन् । प्रमुख पदमा दाबी नै आएको छैन भने उपप्रमुखमा पनि दलकै महिला नेत्री नभेटेर दलहरुले शिक्षिका तथा विभिन्न सङ्घसंस्थामा जागिर खाइरहेकालाई अघि सारिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस