१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवालाई विश्वासको मत लिने माधव नेपालको बचन

अ+ अ-

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

प्रधानमन्त्री भएको भोलिपल्टै बुधवार सरकार गठनमा निर्णायक भूमिका निभाएका नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवासँगको भेटमा नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरूले विश्वासको मत दिने आश्वासन दिएका हुन् ।

भ्रष्टाचाररहित र जनभावना अनुसार काम गर्न सुझाएको नेपालले देउवालाई विश्वासको मत दिने बताएको एक नेताले बताए ।

देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २८ सांसदले हस्ताक्षर गरेका थिए । तर देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुवैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भङ्ग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ जना रहेका थिए ।

सोही मुद्दामा सोमबार फैसला सुनाएको सर्वोच्चले संसद् पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै देउवा प्रधानमन्त्री बनिसकेका छन् । फैसलामा ७६(५)को प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा हृवीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही नहुने उल्लेख छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदको समर्थन पाएका देउवालाई विश्वासको मत पाउन एमाले वा जसपाको महन्थ ठाकुर पक्षकोसमेत मत चाहिन्छ । यदि देउवाले विश्वासको मत पाएनन् भने संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन भएर मध्यावधि चुनाव घोषणा हुनेछ ।

बुधवार बालुवाटार छोडेर बालकोट लाग्दै गर्दा एमाले अध्यक्ष ओलीले नेता नेपाललाई गद्दार घोषणा गर्दै क्षमा दिन नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस