काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन (आइतबार) सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने गत शुक्रवारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।