१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि निर्देशन गरिसकेको छु : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि आइतबार निर्देशन गरिसकेको जानकारी दिएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको जानकारी दिएका हुन् ।

उनले अफगानिस्तानमा रहेका नेपालीहरूका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताए । सरकारले उक्त जिम्मेवारी सजगता र गम्भीरतापूर्वक निभाउने उनले उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु, सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

२० वर्षदेखि अफगानिस्तानमा रहेको अमेरिकी सेना फिर्ता भएपछि लामो समयदेखि सत्ता सङ्घर्षको लडाइँमा रहेको तालिबानले आइतबार राजधानी काबुल कब्जा गरेसँगै सत्ता प्राप्त गरेको छ । अफगानिस्तानका राष्ट्रपति घानी देश छोडेर भागेका छन् ।

तालिवानले अफगानिस्तानमा रहेको युद्ध अन्त भएको दाबी गरेको छ । यद्यपि अफगानिस्तान तालिबानको कब्जामा आएपछि त्यहाँका नागरिकहरू भने त्रसित बनेका छन् । अमेरिकालगायत अन्य देशहरूले आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता गरिरहेका छन् ।

नेपालले पनि अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि विवरण सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस