२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले फुटेको छैन, केही मानिस चोइटिएर गएका मात्रै हुन् : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको दाबी गरेका छन् । एक अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई केही मानिस पार्टीबाट चोइटिएर गएको जिकिर गरे । ‘एमाले विभाजित भएको होइन, टुक्रिएको वा चोइटिएको हो,’ उनले भने, ‘केही मानिसहरु पार्टीबाट अलग भएको हो ।’

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको दाबी गर्दै ओलीले पार्टी एकताको कोशिस नै गरेन भन्नु पूर्वाग्रही र गलत कुरा भएको बताए । प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्विरोध गर्दै विश्वासको मत नदिने, एमालेको सरकार भत्काउने अवस्था आउँदा–आउँदै आफूले कारबाही नगरेको स्मरण गर्दै ओलीले आफूले एमाले जोगाउन भरमार प्रयास गरेको जिकिर गरे ।

‘दुई वर्ष भयो होला माधव नेपालले अहिलेसम्म फोन गर्‍या छैन, मैले लगातार फोन र कुराकानी गरिरहेको छु,’ उनले भने, ‘प्रधानमन्त्री कहाँ भेट्दिन भन्दा पनि मैले उहाँले जहाँ भन्नु भयो त्यहाँ गएर भेटेको छु, मैले कहाँ अहंकार देखाएँ ?’ अध्यक्ष ओलीले माधव नेपाल आफैले चाहेर एमालेबाट नछुटेको हुनसक्ने बताए ।

उनले भने, ‘माधव नेपालभन्दा उहाँलाई एमालेबाट छुटाउने तागत बलियो भएका कारण उहाँको केही नलागेको हुनसक्छ ।’ माधव नेपाललाई अलग गराउन ठूलै शक्ति लागेको बताउँदै ओलीले एमालेमा कुनै किसिमको विवाद नभएको पनि दाबी गरे । ‘एमालेमा कुनै किसिमको अन्तर कलह छैन, तर नेपालले मात्रै निहुँ खोजिरहे’, उनले भने, ‘एमाले फुटेको होइन, केही मानिस अलग्एिका मात्रै हुन् ।’