काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई बर्खास्त गरिएको छ ।
कानुन विपरीत २०७६ सालदेखि प्रमुख प्रशासक गौतमलाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले पदच्युत गरेको हो ।
कर्मचारी सञ्चय कोषको प्रशासकका लागि कोषको सञ्चयकर्ता हुनुपर्ने भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन विपरीत गौतमलाई नियुक्त गरेका थिए ।
२०७५ असोज ७ गते प्रमुख प्रशासक पदमा नियुक्त गौतमले ५८ वर्षे उमेर हदको कारण २०७६ जेठ १५ गते अवकाश पाएका थिए ।
हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कबिच हुने भनिएको मर्जरमा हिमालयन बैङ्कका अध्यक्षसमेत रहेका गौतमले अस्वाभाविक सक्रियता देखाएको भन्दै बैङ्किङ क्षेत्रमा खैलाबैला मच्चिएको थियो ।