२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा १४ वटा अध्यादेश प्रस्तुत हुँदै

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्म तय गरिएको छ।

बुधवार संसद् अधिवेशनको पहिलो र दोस्रो बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बिच स्थगित भएकोमा तेस्रो बैठकले अवरोधका बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश पेस गरेर स्थगित भएको थियो।

कार्यसूची सार्वजनिक हुँदासम्म एमालेले बैठक चल्ने दिने निर्णय गरिसकेको छैन। एमालेले अवरोध नगरेमा भोलि अपराह्न १ बजे तोकिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी अध्यादेश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसै गरी गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय(पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, नेपाल नागरिकता(पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्नेछन्। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश, २०७८ पेस गर्ने कार्य तालिका छ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले औषधि (तेस्रो संशोधन) अध्यादेश, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी(पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले उल्लेख गरेका छन्।

सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पारित गर्ने पनि तय गरिएको छ। एमालेबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य महेन्द्र शेरचन र माओवादीबाट संविधानसभामा निर्वाचित जुठबहादर खड्गी(जेबी टुहुरे)को निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्य तालिका छ।

त्यसै गरी विभिन्न सांसदले अध्यादेशविरुद्ध प्रस्ताव पेस गर्ने कार्य तालिका पनि रहेको छ, जसमा प्रेम सुवालले १३ वटा अध्यादेशविरुद्ध र दुर्गा पौडेलले नागरिकता अध्यादेश अस्वीकार गर्न सूचना प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।