१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्धको खोप अभियानमा सहभागी होऔँ : ऊर्जामन्त्री भुसाल

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गरेकी छन् । उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरूपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ । यस अभियानमा सहभागी बनौँ ।’ नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै उनले भने, ‘दसैँ, तिहार एवं छठजस्ता पर्व मनाउँदा ख्याल गर्नुहोला ।’ सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ हुने भएकाले चाडपर्वको महत्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि हाम्रा चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।

कोभिडकै कारण गरिबी झनै बढेको र त्यसको न्यूनीकरणका लागि राज्यका सबै निकायले आ–आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले कोभिडले आक्रान्त अर्थसामाजिक अवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिइन् । गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिइन्।

आफूले मन्त्रालय सम्हालेपछि विद्युत् महसुल दरमा कम गरेको उल्लेख गर्दै डलरमा खरिद गरिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड–१९ को मापदण्ड पालना गर्न र शान्तिसुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस