२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयल निगमलाई मासिक ३ अर्ब घाटा

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।

आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्य सूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।

हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओसीबाट नयाँ मूल्य सूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन ।

नयाँ मूल्य सूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

यसका साथै, डिजेलमा १ अर्ब ८ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ । पेट्रोल, डिजेल र एलपी ग्याँसमा मासिक ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसअघि, सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा थियो ।