१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन् ।

च्युरीबोटस्थित विद्युत् गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताए । सो परियोजनाको विद्युत् च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत् अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ ।

सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्को बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरिद र ढुवानी गर्न समस्या भएको उनको भनाइ छ ।
सो परियोजनाको सेवा क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार भएको छैन् । मालिका गाउँपालिका–४ को फूलबारी र गरजरामा मात्र केन्द्रीय लाइनको विद्युत् पुगेको छ ।

प्रतिक्रिया दिनुहोस