काठमाडौँ । २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुल्ला भएको छ ।
हिजो (बुधबार) राति ९ :४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ।
आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।
त्यस्तै, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेबसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।







