२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् । स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ । ‘समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ । सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो’, उनले भने । हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् र सरकारका कार्यक्रमलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् भन्ने आफूहरुको चाहना रहेको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्रीले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्याङ्कबाट देखिएको भन्दै त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्ने स्पष्ट पारे । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उनको भनाइ थियो । सहकारीले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जानकारी दिँदै उनले ती संस्थाले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा त्यस्तो व्यवस्था गरिएको उल्लेख गरे ।

जनतासँग भएको पैसा सहकारीले सङ्कलन गरेर लगानी गर्न पाउने भन्दै उनले यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ भन्नेमा आफू रहेको बताए । त्यसका लागि कार्यविधि तयार भइरहेको जानकारी दिँदै उनले त्यसबाट अर्बौं बराबरको लगानी उत्पादनमूलक क्षेत्रमा जाने जानकारी दिए । उनले भने, ‘अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् । गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ । तर त्यस्तो गलत क्रियाकलापलाई निमन गर्ने निकाय खासगरी यहाँ रहेनछ ।’