२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताए। ‘सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु’, उनले भने । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने बताए ।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गरेका थिए ।

विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस (हाल हेटौँडा–१७, हटिया, राजदेवी) मा जन्मनुभएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आएका छन् । उनले २०४८ साल, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका छन्। पछिल्लो पटक उहाँ मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका हुन् ।

भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी उत्तीर्ण गरेका उनले नेपाल ल क्याम्पसबाट कानून सङ्कायमा स्नातक उत्तीर्ण गरेका छन् । भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०३५/०३६ सालमा मकवानपुर जिल्लाको पार्टी जिल्ला कमिटीमा रहेका थिए ।

विसं २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय उनी २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए । हाल नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रहेका उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही भूमिका निर्वाह गरिसकेका छन् ।