२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक सुरु

अ+ अ-

काठमाडौँ । आगामी ६ वर्षमा नेपाललाई बहु वर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ ।

बैठकमा नेपाल–युरोपेली सङ्घबिचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक–आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको सह अध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् भने सङ्घको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

सङ्घको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आएका दुई उच्च अधिकारी, यहाँ स्थित सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज तथा उनका सहयोगीलगायत छन् ।

कोभिड–१९ का कारण आयोगको १२औँ बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो । प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि वर्षेनी हुँदै आएको छ ।