२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै

अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बुस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्न लागेको छ ।

यस बारे राष्ट्रपति जो बाइडेनले बिहीबार जानकारी दिँदै भनेका छन्,आज म घोषणा गर्दै छु कि हामी देशभर सयौँ नयाँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्दै छौँ ।

यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन्। जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन् ।

राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भने- क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन् ।यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन् ।

राष्ट्रपति बाइडेनद्वारा कोभिड-१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न सङ्घीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो ।

सरकारको पाँच बुँदे योजनामा राष्ट्रव्यापी खोप विस्तार गर्ने र बुस्टरको पहुँच, कोभिड-१९ परीक्षण पहुँच विस्तार गर्ने, सरकारको प्रतिक्रिया टोलीलाई बलियो बनाउने र बाँकी विश्वलाई खोप लगाउने प्रयासलाई गति दिने लगायतका छन् ।