२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म सभापति बन्ने समय आएको छ: नेता सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने समय आएको बताएका छन् ।

उनले पार्टीमा प्राप्त गरेको अनुभवका आधारमा स्वाभाविक उम्मेदवार भएको पनि बताएका हुन् ।

१४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका सिंहले मंगलबार महाधिवेशन लक्षित सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा साधारण कार्यकर्ता हुँदै उपसभापतिसम्म भएकाले आफू स्वाभाविक उम्मेदवार भएको बताएका हुन् ।

काँग्रेसको विद्यार्थी संगठन, काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकेकाले आफू स्वाभाविक उम्मेदवार भएको सिंहको भनाइ थियो ।

उनले भने, ‘म नेचुरल क्यान्डिडेट (स्वाभाविक उम्मेदवार) हुँ । म सामान्य कार्यकर्तादेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टिको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु । मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रीय उपसभापति र महामन्त्री भइसकेकोले अब समय आएको छ । मैले प्राप्त गरेका अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्यालाई विधिवत तरिकाबाट सामना गर्न सक्ने पार्टीको रूपमा मेरो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’

संस्थापन इतर समूहबाट आफू साझा उम्मेदवार बन्ने सिंहको भनाइ थियो । महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोलेबाटै आफू सभापतिमा उम्मेदवार बन्न कति दृढ हो भन्ने कुरा बुझ्न उनले आग्रह गरेका थिए । उनले आफूहरू एउटामात्र उम्मेदवार तय गर्नका लागि निरन्तर छलफलमा रहेको पनि जानकारी दिए ।