२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान

अ+ अ-

काठमाडौँ । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’को कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम इच्छुक सार्वजनिक विद्यालयलाई आगामी पुस ८ गतेभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अघिल्लो सरकारले यो कार्यक्रम सुरु गरेको थियो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा गत साता बसेको निर्देशक समितिको बैठकबाट चालु आर्थिक वर्षका लागि सो कार्यक्रमअन्तर्गत सार्वजनिक विद्यालयलाई स्थानीय तहमार्फत प्रस्ताव पेस गर्ने गरी सूचना प्रकाशन गर्ने निर्णय भएको थियो ।

प्रस्ताव पेस गर्न विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम, डिजिटल लाइब्रेरी व्यवस्थापन, आफ्नै स्वामित्वमा जग्गा भएको विद्यालयलगायत आधारमा र सर्त निर्धारण गरिएको छ ।