२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी

अ+ अ-

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ ।

भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हैटौँडाद्वारा आज यहाँ आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मङ्सीर २० गतेसम्ममा परेकोमध्ये ३३० फछ्र्यौट भएको छ भने ५८७ वटा उजुरी फछ्र्यौट हुँन वाँकी रहेको जनाइएको छ ।

कार्यालय प्रमुख रविन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्लाकार्य क्षेत्र रहेको सो कार्यालयमा वारा जिल्लाको सबैभन्दा बढी उजुरी परेको जानकारी दिइएको छ ।

विगत पाँच महिनामा परेको कूल उजुरीमध्ये बाराको २४९, पर्साको १८७, मकवानपुरको १७३, रौतहटको १६०, चितवनको ९०, दोलखाको १६, धादिङको १५, काभ्रेपलान्चोकको १२, रामेछापको १२, सिन्धुपाल्चोकको दुई र नुवाकोटको एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भष्टाचार एव्म अनियमितताका सम्वन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगतअनुसार सङ्घीय मामिलाको (स्थानीय तह)को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले भने ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौँडाका सिनियर डिभिजिनल अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटाले भष्टाचार विरुद्ध आ-आफना विचार व्यक्त गरेका थिए ।