२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रमा विशेष सफाइ

अ+ अ-

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रूपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोज पहिलो सातादेखि सुरु भएको थियो ।

शनिबारको सफाइमा कलाकर्मी, समाजसेवी एवं मेरिल्याण्ड राज्य अमेरिकाका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नायक शिव श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापालगायत अभियानकर्मीको सक्रियता रहेको पशुपति सरसफाइ अभियानका संयोजक डा। श्याम खड्काले जानकारी दिए ।

सफाइका क्रममा पशुपति क्षेत्रमा जम्मा भएका कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको थियो । सफाइबाट सङ्कलन गरिएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीमा पठाइएको जनाइएको छ ।

असोज पहिलो सातादेखिको प्रत्येक शनिबार पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु भएको छ । सफाइमा कलाकारको विशेष सहभागिता रहने गरेको छ ।

सफाइका क्रममा गुर्जोलगायत ४८ प्रकारका जडीबुटीबाट बनेको चियाको पोकासमेत निःशुल्क वितरण गरिएको थियो ।

सफाइका क्रममा गुर्जो अभियानकर्मी एवं आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोबाट बनेको चियाको सेवनसमेत गराएका थिए । कलाकार महतले अमेरिका लैजानसमेत गुर्जो चियाका पोका लिएको जनाइएको छ । अमेरिकामासमेत जडीबुटीबाट बनेका चिया एवं औषधिको माग बढेको उनको भनाइ थियो ।

शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जो चिया ग्याष्टिकलगायत धेरै रोगका लागि औषधिको समेत काम गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । धेरै जडीबुटीले औषधिको काम गर्ने आयुर्वेद चिकित्सक डा। वंशदीप शर्मा खरेलले बताए ।