२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

अ+ अ-

गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन् ।

गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।

गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी हहिले पसन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेको छन् । आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्यो ।

विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै हुन् । व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगालेका छन् । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गरेका उनले पढाइ र पेशा भन्ने विषय फरक भएको बताउँछन् ।

‘पढाइ र पेशा भन्ने विषय हाम्रोजस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनुपर्छ कि अरु कुनै पेशा समात्नु पर्छ’, उनले भने, ‘म इञ्जीनियर हुँ, यसअनुसारको जागिर पाउन मुस्किल पर्छ ।’

उनले गल्याङगाउँमा ६० लाख लगानीबाट बोयरजातका बाख्रापालन व्यवसाय सुरु गरेका छन् । उनको फार्ममा अहिले साना–ठूला गरी ३३ बाख्रा छन् । बाख्रापालनमा भविष्य खोजिरहेका ३२ वर्षीय बस्नेत डिप्लोमा इञ्जीनियरिङ अध्ययनपश्चात विदेश गएका थिए । फार्म स्थापना गरेको ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ र घाँसपातको राम्रो व्यवस्था भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘विदेशमाजस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ’ बताउँछन् । व्यवसायी बस्नेतले आफू सुरुमा साथीहरूको लहलहैमा लागेर जापान गएको जनाउँदै अब आफू गाउँमै उद्यमी बन्ने बताउँछन् ।