१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ ।

यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ ।

महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ । सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण दर दैनिक घटिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा सङ्क्रमण देखिएको छ भने १४६ सङ्क्रमण मुक्त भएका छन् ।

हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोना सक्रीय सङ्क्रमित छन् । जिल्लामा हालसम्म १७ हजार ३८४ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ ।

कुल सङ्क्रमितमध्ये ९६ दशमलब ५६ प्रतिशत अर्थात् १६ हजार ७८६ सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस