२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा

अ+ अ-

काठमाडौँ । शिखा बुक्स प्रकाशनले प्रकाशन गरेको लेखक डा. खगराज बरालको गैह्र आख्यान अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो सातादेखि बजारमा आएको छ । साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सात ओटा सिर्जना प्रकाशित छन् ।

बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झन्डै एक दर्शन कृति नेपाली पाठक सामु पस्किसकेका छन् । वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा ढाल्न खप्पिस बरालका यस अगि ‘सिकाउने शैली’ (२०७५) तथा ‘सिकाइ र सहयोग’ (२०७६) नै प्रकाशित भई पाठकहरूबिच निकै लोकप्रिय रहे ।

गत वर्ष बरालले आख्यानअन्तर्गत ‘स्यानी’ उपन्यास लिएर आएका थिए । यो उपन्यास पनि पाठकमाझ निकै लोकप्रिय बन्यो ।

सम्बन्धित समाचार : स्यानीः बाल्यकालका स्मृतिका छाल
सम्बन्धित समाचार : “स्यानी” ले दिएको ठुलो सन्देश

‘मालामा नउनिएका फूलहरू’मा बिस ओटा भिन्न भिन्न अनुभूति रहेका छन् । यस अनुभूति सङ्ग्रहमा बराल मस्तिष्कले होइन, मनले बोलेका छन्, बरालका अभिव्यक्तिमा बनावटीपन छैन । पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य निबन्ध पाइन्छ ।

घर परिवारदेखि विश्व परिवेशसम्मका, स्वदेशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति सङ्ग्रहमा समावेश गरिएको छ । सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले विशेष महत्त्वका साथ उठान गरेका छन् ।

कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य चार सय ७५ रुपैयाँ रहेको छ । ‘मालामा नउनिएका फूलहरू’ पुस्तक फागुनको पहिलो सातादेखि ज्ञान ज्योति बुक्स पब्लिकेसन प्रा. लि बागबजारले वितरणको जिम्मेवारीसहित देशभरका प्रमुख बजारमा ल्याएको छ ।